geet gajal

गिति गजल

बिधाताले लेखीदेको भाग्यसँगै जिउँछु
तिमी हाँसो लेउँ प्यारा म-त आँशु पिउँछु

बिवशताका आँधीहुरी बाध्यतामा रुमलिन्छन्
बोट छाडि पात र हांगा लछारेर लान्छन्

अनी सुँरुवात हुन्छ बेथा कथा भनी पढ्छन
संग्गाँलेका खूशि जती आँशु भै बग्छन

अनमोल विश्वाशहरु लक्ष्यहिन बन्छन
अजम्बरी मायापनी चुलेशीको धारमा पर्छन

रंगीन भन्ने सपनालाई दुनियाँले गिज्याउँदा
छातीभित्र जल्छ आत्मा जिउँदो भन्ने केही नहुँदा

बिधाताले लेखीदेको भाग्यसँगै जिउँछु
तिमी हाँसो लेउँ प्यारा म-त आँशु पिउँछु

गीता थापा(दोषी)
बेलबारी, मोरङ
हाल :ईजरायल

3 comments:

  1. मिठो गिती गजल सिर्जना गर्नुभएकोमा गीता जी प्रति आभार ब्यक्त गर्दै निरन्तरताको शुभकामना...

    ReplyDelete
  2. आशा जी का शब्द सापत लिदै मेरो पनी..,

    ReplyDelete
  3. हैन हौ गीता जी किन हौ यति साह्रै बलिदानी भावना नी?? म अभागीले पनि तपाईको भावनाको सागरमा डुब्दा धेरै खुशी लाग्यो है |

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)