geet gajal

गीत

दोबाटोमा...........

गएराती सपनीमा मैले देखें तिमीलाई
दोबाटोमा अलमलिएको भेटें तिमीलाई

मधुर माधुर्यतामा मुस्कान् छर्दै आयौ तिमी
अंगालोभरी क्षणिक खुशी दिई छायौ तिमी
प्रेमको पालुवामा फूलेको पाएँ तिमीलाई
दोबाटोमा अलमलिएको भेटें तिमीलाई

मेरो प्रेमको पवित्रता लिई दियौ पहिले
निभाई बत्ती मेरो अर्कैको दिप् बाल्यौ अहिले
भै'गयो माया नगर बिदा अब तिमीलाई
दोबाटोमा अलमलिएको भेटें तिमीलाई
गएराती सपनीमा मैले देखें तिमीलाई
दोबाटोमा … … … … … … … ।

- अर्जुन दुङमेन्,
बगदाद।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)