geet gajal

गीत

लाग्छ फर्कि जाऊ...... !!

हेरू भेन हे कान्छी डाडैले छेकिनछ
नहेरुम त हे कान्छी मनैमा लेखिन्छ
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ,

बिहानीको मिर्मिरे मै सगरमाथा हाँस्यो
हरियाली हुदा खेरी डाँफे चरी नाँच्ने
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ

अरुण नदी मनकामना हेर्थ्यौं घरी-घरी
धेरै राम्रो हुन्थ्यो बर्षा हुँदा खेरी
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ |

पारी बनमा कोएली चरी बिरहको भाका गाउँदा खेरी
गयौ मेरो सानु माया मलाई एकलै पर्दा खेरी
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ
लाग्छ फर्कि जाऊ

योगेन्द्र जोगी "संघर्ष"
धुपू-१ लेब्रंग
पागल - बस्ती
संखुवासभा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)