geet gajal

गजल

आजको दिन किन त्यसै त्यसै खास भयो
काँडा ति छिचोलेरै फूल संग वात भयो

कत्ति छिट्टै फेरियो यहाँ को मौसम पनि
अघि त घाम थियो आहिले वर्सात भयो

यत्ति धेरै खुशीहरु कता कता राखौ खै
विरहका ठाउमा खुशी नै पो मात भयो

अघिसम्म धिप धिप थियो खोपीको दियो
वर्तन त्यै खसे पछि फेरी अर्को रात भयो

मोहन लम्साल
दिंला,भोजपुर,
(हाल - सुडान)

3 comments:

  1. Please give me your valluable comments...

    ReplyDelete
  2. Durga khatiwada NepalAugust 18, 2009 at 11:34 AM

    Mohan g, such nice gajala, I really enjoyed plz keep it up.

    ReplyDelete
  3. लम्साल जी धेरै धेरै धन्यबाद आज तपाईंको अमुल्य रचनाहरु हामीले निरन्तर रुपमा प्राप्त गरिरहेका छौं। तपाईं यो संसारको कुनै पनि कुनामा रहीरहनु भएको छ आफ्नो कार्यकुशलता सँगै, हामी तपाईंसँगै छौ तपाईंको भावनाहरु कोर्न नभुल्नुहोला, भोजपुरे साहित्यिक ब्लग सदा तपाईंको साथ रहनेछ। धन्यबाद ।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)