geet gajal

गजल

"प्रतिकृया गजल"

तिमी सधैं संगै रुने कुरो गर्छौ किन?
मर्छु भन्दै दिल रुने कुरो गर्छौ किन?

माफी माग्दै छाडी कतै जानु नै छ भने,
तिम्रो त्यो बाध्यता हुने कुरो गर्छौ किन?

मनमा रहस्य अर्कै छ कि कुन्नी तिम्रो,
नत्रभने टाढा हुने कुरो गर्छौ किन?

नियतीलाई दोष दिई टाढिन खोज्दै,
हाम्रो प्रेम भाब धुने कुरो गर्छौ किन?

नौलो सुखी रोज्दै मेरो खुशी लत्याएर,
कर्तब्यको माग छुने कुरो गर्छौ किन?

- अर्जुन दुङमेन्,
बगदाद, ईराक

2 comments:

  1. दुङ्मेन जी तपाईंको प्रस्न पनि दह्रो छ बा, म त दङदास भएँ यार, किन हो यती साह्रै रिसाउनु भएको, म त सोझो मान्छे तपाईंको गजलले तिन पटक सोंच्न बाध्य बनायो हौ मित्र जी, किनकी म पनि यसरी नै बब्बाल गर्थे नि पहिला पहिला अहिले त बुढो भईएछ प्रस्न गर्न मनै लग्दैन।
    I am just kidding man, such nice gahjala, hopefully she might understand, if she ;oves you really, if she is only making dramma with you, I can't guaranty but there is in real love is such a big power people can alive they can do anything with real love. Thanks keep it up.

    साँच्चीनै भन्नु पर्दा धेरै राम्रो छ दुङ्मेन जी, शायद उनी को हुन उनले भाव बुझ्ने छिन, हुन त आजभोली हामी भन्दा उनीहरु नै समझदार हुन्छन कहिलेकाहीँ तडपन दिन रुचाउछन रे क्या चिन्ता नगर्नुस मैले तपाईंको कानमा ख्सुक्कै भनेको फेरी सबैले सुने भने बित्याँस।

    ReplyDelete
  2. Very good, I really enjoy it, keep it up arjun g.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)