geet gajal

तिज गीत


बेली र चमेली तीजलाई माइत हिंडेछन
आफ्नो भने स्वामी राजा प्रदेशमा'छन

सधैंकी रोगी सासू ओछयान बाट झर्दिनन
दरखाई छिन्मै फर्की बुहारी भन्न छोड्दिनन

पढ्ने गुन्ने नन्द देवर सिन्को सम्म भाँच्दैनन
हामी गर्छौ भाउँजू काम माइत जाउँ कहिल्यै भन्दैनन

माइती घरको आँगनमा न'नाचेंकी धेरै'भो
सासू भन्छिन बस्तुभाउँ र चुलोचौको गर्न बेरै'भो

एउटी भएकी जेठानिनी धनी घरकी भैई खाँकी
म'नै रहेछु अर्गेली कर्महारा सबले हेपेकी

बेली र चमेली तीजलाई माइत हिंडेछन
आफ्नो भने स्वामी राजा प्रदेशमा'छन

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल ईजरायल

1 comment:

  1. Gita g, tapaiko git dherai nai marma sparsee chha, thank you for your efforts, ra happy tij tapai lai ra all nepali didi bahini harulai

    Sujata Khadka
    biranagar nepal

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)