geet gajal

गजल

टक्सारमा माया...............!

छाँगा बनी खसी दिन्छन, आँशुको भेल भई माया
दोभान् हुँदै बगी जान्छन, भावको मेल भई माया

कति-कती दुख्छ सम्झँदै, त्यो रातमा लागेको चोट
जित हुने होकी हैन, पिरतीको खेल भई माया

सम्झनीमा नै घुमिरहन्छ, भोजपुरको टक्सार
मुटुमाथि कुधीदिन्छ, फलामको रेल भई माया

जहाँ गयो, जहाँ पुग्यो, उँही फिर्छ घुमफिर मन
मस्तिष्क भित्रै सिमित रही, बस्यो जेल भई माया

अती मुलायम र प्राकृतिक मनमोहक त्याहाँ
अर्जुनको दिलपनी पग्लीदिन्छ तेल भई माया।

- अर्जुन दुङमेन्,
-बगदाद।

1 comment:

  1. hello arjun jee
    Namasakar
    Tapaiko gajal malai ramilo lagyo
    tapalai suvakamana.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)