geet gajal

गिति गजल

विश्वास...........!

तिम्रा ति यौवनले ढकमक्क भई फूल्यौ होला
पहेंलै धानको बाला झै लटरम्म झूल्यौ होला

आधा दिई माया छेक्न खसाउँथ्यौ मनको पर्दा
अब त दिलको सिंहाशनमा ढोका खुल्यो होला

विश्वास दिएँ धेरै तिम्रो पापीतृष्णा मनलाई
हित्तचित्त बुझी शंकालु बानी पनि भुल्यो होला

अतितमा दु:खी मन बहकिएर उड्दा-उड्दै
मेरो हृदयको मन-मन्दिरमा हुल्यो होला

साँझबिहान बत्ति बाली पूजापाठ सदा-सदा
प्रेमाजल र फूलपातिले मलाई चुल्यो होला।

- अर्जुन दुङमेन्,
   बगदाद।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)