कुनै दिन आंखा बाट आशु सँगै झरे भने
श्रद्वान्जली चढाइदिनु दोबाटोमै मरे भने
छडिगयो पापी रैछे कहिल्यै नभन्दिनु
नचाहदे बाद्यतमा, अर्को संसार सरे भने
भेटिनु र छुटिनु त,प्रकृतिको रितै रैछ
नभन्दिनु टाढा गयो,एउटा जंघार तरे भने
सम्झिदिनु त्यो कोही थिएन,या त तिमीलाई जे लाग्छ
नियती बस मैले कुनै, त्यस्तै भुल गरे भने
सुखी अनि खुशी रैछ, भनि नठान्दिनु
कर्तब्यमा बाँधिएर क्षणिक मुस्कान छरें भने
रजनी राई
गोगने ९ भोजपुर
हाल बि एड, दोस्रो बर्ष, सुकुना क्याम्पस
Subscribe to:
Post Comments (Atom)
हाई रजनी जी
ReplyDeleteतपैको गजल मलाई धेरै राम्रो लाग्यो
तपैको गजल मेरो जीबन सग मेल खायो
तपैलाई सुवकामाना
मलाई सम्पर्क को लागि
योगेन्द्र
धुपू-१ लेब्रंग
संखुवासभा
ईमेल- yogendra.yogen@yahoo.com
सारै राम्रो निरन्तर लेखदै जानुस शुभ कामना फेरी फेरी पदन पाउ...
ReplyDeleteसंसार यस्तै हो सबै मर्ने कुरै गर्छन प्रेममा फसेपछि
ReplyDeleteमरन भन्ने शब्दै सस्तो कसै सँग माया बसेपछि
हाँस्नु रुहाउनु, मिलन बिछोड संसारको रित हो बैनी
यति रमाईलो दुनियाँ भुल्ने गर्छन मायाले डसेपछि ।
बहिनी धेरै राम्रो गजल लेखाई, र प्रष्ट भाव छन, अझै लेख्दै जानुस म लगायत भोजपुरे ब्लगको तर्फबाट शुभकामना।
अनोनिमाउस (anonymous) बर्गहरुमा मेरो अनुरोध तपाईंहरुले कमेन्ट गर्दा आफ्नो नाम देखाउनको लागि coment छाड्ने बेला स्क्रोल डाउन गर्दा Name/URL नाम अथवा लिंकलाई प्रयोग गर्नु भए तपाईंहरुको कमेण्ट धेरै प्रभावकारी अनि पारदर्शी हुने थियो यसले हाम्रा लेखकहरुमा एउटा अरु प्रोत्साहन उत्पन्न हुनेछ। धन्यबाद।
ReplyDeleteदोहोरो माया लाए पछी,बिशवासघात गर्नु हुन्न बैनी।
ReplyDeleteफूल्नु पर्छ चाहेको थाउँमा,बाद्यतामा झर्नु हन्न बैनी।।
बैनी तिम्रो तयो गजल मलाई धेरइ राम्रो लागों येसरी नै तिम्रो यात्रा ले सफलताको सीकर चोमोस.
ReplyDeletesantosh rashile
if you wan't me make friend shif please imal me .my i mal roj.santosh@yahoo.com