geet gajal

गजल

सुहाग रात

तिम्रो मेरो जीवनको त्यहिँ पहिलो साथ थियो
अन्धकारै भए पनि कति मिठो रात थियो |

बाहिर हल्का वर्षा संगै शिर शिर हावा चल्दा
एउटा खाटमा दुइटा ज्यान जवानी को ताप थियो|

एक अर्का मा समर्पित भै संसार लाई भुली रहदा
तिम्रो मलाई मेरो तिम्लाई बराबरी चाप थियो|

छाती फुट्ला जस्तै गरि हाम्रो धड्कन बढी रहदा
मेरो सारा शरीर भरि अधर को छाप थियो |

नभ्याएर सास फेर्न छाती भित्रै रोकेका थियौ
किनभने एकै ठाउंमा खुकुरी र दाप थियो |

तिम्रो मेरो जीवन को त्यहिँ पहिलो साथ थियो
अन्धकारै भए पनि कति मिठो रात थियो|

रात को पनि महारात त्यो त सुहाग रात थियो|
रात को पनि महारात त्यो त सुहाग रात थियो|

बिमल गौतम
मोरंग
हाल साउदी अरेबिया
01 Feb.2010
( मैले छिट फुट कविता लेखे पनि गजल को यो प्रस्थान बिन्दु हो गजल मा आएको बाढिले मलाई पनि लतार्यो यसमा भएका कमि कमजोरी औल्याई दिनु हुन गजल का पारखी हरु मा अनुरोध गर्दछु.)

11 comments:

  1. Ahahhahahhaha Prakat pangeni ko sathi yaar....नभ्याएर सास फेर्न छाती भित्रै रोकेका थियौ
    किनभने एकै ठाउंमा खुकुरी र दाप थियो
    mjaako babbaala...

    ReplyDelete
  2. Gajal le nisana sahi haneko chha je bhanna khojeko mitha shabda prayog garera bhaniyeko chha . dherai le mukh mithyaunechhan hehehhehe

    Rabidra

    Ktm

    ReplyDelete
  3. मेरो पहिलो प्रयास को यो गजल मा प्रतिक्रिया दिनु हुने मित्रहरु लाई धन्यवाद दिन चाहन्छु. गजल को बिषय बस्तु जे छाने पनि गजल को परिभाषा भित्र छ छैन बिज्ञ मित्र हरु बाट प्रतिक्रिया को अपेक्षा गर्दछु.

    बिमल

    ReplyDelete
  4. It's a really, reamrkable....... !

    ReplyDelete
  5. bimal ji gazal pahilo ra lastko harf alik sampadan garnu parne bhaeko chh ,,,,,

    ReplyDelete
  6. namaskar bimal sir
    contact me this number please sir..
    0567509272

    ReplyDelete
  7. विमल जी गजलीय अभिवादन ।
    तपाईको गजल संरचनात्मक दृष्टिले हेर्ने हो भने पाँच शेर सम्म ठिकै छन । यो गजल पाँच शेरको हुनु पर्छ । पलिो शेरलाई दोहोर्याने काम भएको छ । यहा दोहार्याई रहनु आवस्यक्ता देखिदैन । पाँच शेरलाई धेरैले उत्कृष्ट गजल हो भन्ने गरेका छन । प्राय गरेर चार शेरको भए पहिलो शेरलाई दोहोर्याएर पाँच शेर पुर्याउने मान्यता हो । तर सातौ शेरको प्रयोगले तपाइको गजललाई पुरै विगारि दिएको छ । अझ भन्ने हो भने यो शेरको प्रयोगले यो क्स्तो खाले गजल भनेर प्रश्न उठ्न पनि सक्छ । त्यो अनावस्यक रुपमा आएको छ । यलिे गजललाई कविता वा गीत वनाउन खोजेको आभाष हुन्छ । यस तर्फ भने सोच्नु होला है । म त भन्छु यो शेर अहिल्यै फालिदिनु होला । भावनाका दृष्टिले पनि त्यति असफल चाही भन्न मिल्दैन । तपाई आफैले यो पहिलो अभ्यास हो भनेको । अव पछिल्ला दिनमा सुधारेर जानु होला ।
    साथै नपाली गजलको अनलाइन बहसमा भाग लिदै गर्नु होला । त्यस बाट पनि धेरै कुराको जानाकारी हुने नै छ भन्ने मैले आसा गरेको छु ।

    केशु बिरही
    नेपाल गजल प्रतिष्ठान
    see on http//www.keshubirahi.com/

    ReplyDelete
  8. केशु बिरही जी अभिबादन
    यहाँ को सुझाब प्रति आभारिछु आगामी दिन मा गजल लाई गजल नै बनाएर पस्किने जमर्को गर्नेछु
    योदुइ हरफ नजानेर फुर्का जोडिएको हो आगामी दिन मा पनि मेरो गजल मस्काउँन तपाईं को सहयोग को अपेक्षा गर्दछु. साथै सबै प्रतिक्रिया लेख्नु हुने मित्र हरु मा सदुबाद छ .
    म यहि बाट भोजपुरे परिवार लाई अन्तिम रातको पनि महारात भन्ने दुइ हरफ हटाई दिनु हुन अनुरोध गर्दछु यहाँ हरु लाई पर्न जाने असुविधा प्रति सिकारु गजले दुखि छु .

    बिमल गौतम
    साउदी अरेबिया

    ReplyDelete
  9. keko yo kesu ji laii guharnu nai pardain gazal lekhn aru ramra sabdharu pani jati chan,aalochana aatmale garnu ati aabsyk chin dekhinchh,

    ReplyDelete
  10. सारै राम्रो तरिकाले गजलका सेयरहरु पस्किनु भयको छ ! साचिनै भन्नु पर्दा एकदम उत्कृस्ट छ ! राजु कुँवर shyangjali@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)