geet gajal

गजल



एउटा तारा मिर्मिरेमा झर्यो भन्दिनु
क-कसैले मलाई सोधे मर्यो भन्दिनु ।।

बसन्तको लहारीमा हिड्दै थियो अरे
चादनीको देश तिर बसाई सर्यो भन्दिनु ।।

सबैसँग बिदा माग्ने रहर धेरै थियो अरे
समयलाई पछ्यौदा त्यस्तै पर्यो भन्दिनु ।।

बगैचाको एउटा फुल झर्यो भन्दिनु
खोजे भने संगिनीले मर्यो भन्दिनु ।।

कविराज मगर 
दिप्लुंङ १ खोटांङ

गीत



हिजो यहीं भेट्यौं हामी,आज यहीं छुट्ने भयौं।
समयको खेल यो कस्तो?नचाहेरै टुट्ने भयौं।

साथमा हुँदा कसम मैले,हजारौं भूल गरें होला,
माफ गर्नु है मेरो हजुर,व्यर्थै समीप सरें होला।
छुट्ने घडी हो यो हाम्रो,समय देखि रुठ्ने भयौं,
समयको खेल यो कस्तो?नचाहेरै टुट्ने भयौं।

विचार पनि मिल्थ्यो हाम्रो,लक्षहरु उस्तै थिए,
कति दु:ख झेल्यौँ संगै, कति हाम्रा कर्मै खिए।
सम्झनालाई बिछ्याएर,सम्झनामै सुत्ने भयौं,
समयको खेल यो कस्तो?नचाहेरै टुट्ने भयौं।

हिजो यहीं भेट्यौं हामी,आज यहीं छुट्ने भयौं।
समयको खेल यो कस्तो?नचाहेरै टुट्ने भयौं।

सुबास संगम राई
सोलुखुम्बु, सगरमाथा
नेपाल

गजल



दुखको सागरमा तिमी,हिंड्दैछौ रे ,कालु
सम्झनामा आज मुटु चिर्दैछौ रे ,कालु

फूल भन्दा तिमि राम्रो भन्थौ हिजो सम्म मलाई
बिछोड हुदा आफ्नै मनललाई पिर्दैछौ रे कालु

कहिले काही रिसायर फ्यँकिदिन्छु भन्थ्ये आखिर
अचेल मनको सागर भित्रै छिर्दैछौ रे कालु

संगै बाच्नी मर्नि भन्थौ आज टाढा बस्नु पर्दा
कुन जुनीको ऋण आज तिर्दैछौ रे कालु

सुमी मन्जरी
हाल काठमाडौँ 

गजल



अञ्जानमा छुको मात्रै लात कहाँ लाग्यो ?
बोतल अझै बाँकी नै मात कहाँ लाग्यो ?

व्यर्थ किन ढाँट्छस् मलाई अबेर भयो भनी
भर्खर घाम ढल्कँदैछ रात कहाँ लाग्यो ?

सीतन पनि धेर भो भन्छस् खाली प्लेट देखाउँदै
दुइचार वटा रित्तिए नि खात कहाँ लाग्यो ?

पैसा तैँले तिर्ने भा पो बिल चाहे जति आओस्
फिर्ता पैसा धरी मेरो हात कहाँ लाग्यो ?

रक्सीले जात कहीँ चिन्छ ? भड्काउन नखोज मलाई
पिउने बाहुनलाई मतवालीको जात कहाँ लाग्यो ?

सँधै भट्टी धाको छैन बेलाबखत पिउने हो नि
योधिरुलाई जड्ँयाहाको बात कहाँ लाग्यो ?


 याक्दुहाङ्ग धिरज
रानीवास : , भोजपुर

हाल : विराटनगर

गजल



मेरो लेख्ने कलमलाई धारिलो धार बनाउँछु
गजललाई मुटु छेड्ने हतियार बनाउँछु

म बाट निष्ठूरी बनी टाढा तर्केर नजाऊ
मायालाई थुन्ने मुटुभित्र कारागार बनाउँछु

बैगुनी र स्वार्थी सारा यो दुनिया समाजमा
सुनले सजाएको बस्तिमा घरबार बनाउँछु

पूर्ण नहुने यो सँसारमा प्रेमको भोकमारी छ
सबैलाई तृप्तहुने मायाको भण्डार बनाउँछु

रिक्तो भएको शून्य हाम्रो मन मनिदरमा
अव पारदर्शी सुन्दर नौलो संसार बनाउँछु

— प्रकाश ‘पुष्पक’ राई (खोटाङ्गे)
बेल्टार १ उदयपुर
हाल मलेसिया +६०१४९६५७६३४
 

गजल


अनायासै आज किन भरिएछ गह पनि ।
सुकाउछु भन्दा भन्दै छलिक दियो दह पनि ।।

भरिएको गह बोकी बाटो खोज्दा अध्यारोमा ।
धर्ती किन उज्याल्दैन यहि बेला टह पनि  ।।

टहै बिना भए पनि भाग्य कोर्छु भनेकोथे ।
ठेस लाग्यो त्यहि निर पोखियोकी सह पनि ।।

छल्किएका दहहरु साम्य शान्त पार्छु भन्दा ।
सधै हलचल हुन्छ किन ? भेरो मात्र बह पनि ।।

अनायासै आज किन भरिएछ गह पनि ।
सुकाउछु भन्दा भन्दै छल्कि दियो दह पनि ।।

किरण न्यौपाने
बिराटनगर १ पुष्पलाल चौक
बिराटनगर

गजल



हराई गयौ कतै तिमी खोजी रहे चारै तिर
कैयौ माइल दुरी अनि काँडे तारको बारै तिर

भेटाउन सारै पर्यो थकित भइ सके म त
बालि पनि पाकि सक्यो बेशी खेतको टारै तिर

मेटाउन तिम्रो याद के के गरे कुन्नि यहा
खोपी सके तिम्रै नाउ शिल ढुंगा र गारै तिर

मनको प्यास मेटाउनलाई दिनरात लागि परे
संबेदनशिल मुटु राखी खुकुरीको धारै तिर

चन्द्र चाम्लिङ
मैतीदेबी
काठमाडौ
Next page