geet gajal

गजल



अञ्जानमा छुको मात्रै लात कहाँ लाग्यो ?
बोतल अझै बाँकी नै मात कहाँ लाग्यो ?

व्यर्थ किन ढाँट्छस् मलाई अबेर भयो भनी
भर्खर घाम ढल्कँदैछ रात कहाँ लाग्यो ?

सीतन पनि धेर भो भन्छस् खाली प्लेट देखाउँदै
दुइचार वटा रित्तिए नि खात कहाँ लाग्यो ?

पैसा तैँले तिर्ने भा पो बिल चाहे जति आओस्
फिर्ता पैसा धरी मेरो हात कहाँ लाग्यो ?

रक्सीले जात कहीँ चिन्छ ? भड्काउन नखोज मलाई
पिउने बाहुनलाई मतवालीको जात कहाँ लाग्यो ?

सँधै भट्टी धाको छैन बेलाबखत पिउने हो नि
योधिरुलाई जड्ँयाहाको बात कहाँ लाग्यो ?


 याक्दुहाङ्ग धिरज
रानीवास : , भोजपुर

हाल : विराटनगर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)