geet gajal

गजल

जिन्दगी

काम नलाग्ने थोत्रे ,फितो छ जिन्दगी
चार पैसामा मेरो ,धितो छ जिन्दगी

नसोध मलाई ,हाल खबर तिमी
परदेशीको साह्रै ,तितो छ जिन्दगी

बेबारिसे झै मरितुल्य बाचेको छु
छैन म सँग केही ,रित्तो छ जिन्दगी

छिया छिया हुँदा ,सम्हाल्नै सकिन
साँच्चै भग्नाभशेस ,भित्तो छ जिन्दगी

सधीयारले ,बेमान गर्दा खेरीसधैं
किचलो बाझो ,कित्तो छ जिन्दगी

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)