geet gajal

गजल



रहरका मुुनाहरु बैसमा नै मर्छन अचेल ।
फुुल्न नपाई फुलहरु कोपिलामै झर्छन अचेल ।।

दिल मेरो उडु भन्छ बन्धनले छेके पनि ।
जति बन्धन तोडिदिन्छु उति गाठा पर्छन अचेल

फुललाई कोपिलामै ईन्द्र जालमा पारे पछि ।
पक्षपाती दैवले नी मलाई रीस फेर्छन अचेल ।।

कता जांउ कहा खोजुु जिन्दगीको सानो यात्रा ।
दिशाबिहिन अर्थ बिहिन असिना पो झर्छन अचेल ।

सफल हुुने आश राखे जिन्दगीको यो मोड सम्म ।
हिड्दा हिड्दै (मलाई) कति ठेस पर्छन अचेल ।।


किरण न्यौपाने
गोगने ४
हालः बिराटनगर उपमहानगरपालिका वडा नं. १
पुुष्पलाल चौक
कार्यारत
बिराटनगर उपमहानगरपालिका कार्यालय
[कृपया सम्पुर्ण साहित्यकारहरुमा यो अनुरोध गरिन्छकी तपाईहरुले आफ्नो रचना पठाउँदा युनिकोड म टाईप गरेर पठाउनुहोला अन्यथा हामी प्रकाश गर्न असमर्थ रहनेछौ, धन्यबाद- भोजपुरे साहित्यिक ब्लग परिवार]

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)