
धेरै थरीभित्र हाम्रो एकै मुटु गाँसौं साथी
रगतको रंग उही समानता बाँचौ साथी
गर्रा नाच, चुड्का,घाटु, रोईलाको भाका हाम्रै
बिनायोको धुनसंगै,शिली-पालम् नाचौं साथी...
मारुनीको नाच अनि संगिनीका भाकाहरु
हराएछन् राग यिन्को, आऊ खोजी राखौं साथी
संगीतका साधन ती बाजा,ढोल ज्याम्टा,सनै
फालिएर जान लागे, हामी मिली साँचौं साथी
बहु-जाती,भाषा, धर्म, संस्कृतिका धनी हामी
देउडा गाउँदै मेची काली सबै हाँसौं साथी
मनु लोहोरुङ
संखुवासभा नेपाल
हाल: न्युयोर्क अमेरिका
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)