geet gajal

गजल

अभाब भोकमारी .....
अभाब भोकमारी ज्यादै बडेको छ  अहीले/
नेतालाई भयानक भुत चडेको छ अहीले/

सुन्दर समुन्त देश बनाउनु त कहाँ हो
कुर्सी कै लागि नेताहरु लडेको छ अहीले/

साँच्चै जोखीम धरासायीमा देशको अस्तित्व
टल पल टल पल झै अडेको छ अहीले /

गरीब निर्धा होचा साना दबेका छन यहाँ
गर्ब साथ धनी कै शिर ढडेको छ अहिले/

देशको लागि शहिदले गरेको बलिदान
निरर्थक भइ माटोमा सडेको छ अहीले/ /

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
Now: Doha, Qatar

2 comments:

  1. Bastabikata lai ujagar garnu va6, yekdam khushi lagyo..feri2 lekdai janu hola.. You can do it.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)