geet gajal

गजल

म पत्थरमा‏......!

म पत्थरमा पनि,देवतानै देख्ने मान्छे।
म कर्मबिर बनि,इतिहास लेख्ने मान्छे।।

वैरीको सामुमा झुकाउँदिन आफ्नो शिर,
म एकता बलले, शत्रुता मेट्ने मान्छे।।

सबै हुँदा खुशी, जहाँ विश्वाशलाई भेट्छु,
म अन्यायको बिरुद्द, घाँटी रेट्ने मान्छे।।

डराउदिन कहिल्यै नि, दुख कस्ट देखि,
म दुखैमा जीवन,भोगाइ भेट्ने मान्छे।।

गीता थापा (दोषी)
हाल इजरायल
रचना-अप्रिल १६/२०१०/

1 comment:

  1. गीता थापाको 'म पत्थरमा‏......!' गजल राम्रो लाग्यो । तपाईँका गजलमा उदारता, वीरता तथा स्वाभिमानिता जस्ता भावहरू व्यक्तिएका छन् । गजलमा शीर्षक नराख्नु भएको भए राम्रो हुन्थ्यो होला !

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)