geet gajal

गजल

तिम्रो बाटो हेरे कान्छा

अंजुलिमा फुल बोकी तिम्रो बाटो हेरे कान्छा /
आउदै छौ कि भनि मैले बटुवालाइ केरे कान्छा/,

धेरै बसे पर्खाइमा स्वागतको माला बोकी,
आए पछी जे जे भन्यौ सबै मैले टेरे कान्छा,/

समिपमा बोलाएर युगल अधर टसाउदै,
छोडी नजाउ भन्दै तिमीलाई अंगालोमा बेरे कान्छा,/

हात मेरो साथ मेरो न छुटाउनु जनमभर ,
भनिकन केरकार गर्दै बचनले घेरे कान्छा, /

तिर्थ यात्री पौडेल,
लखनपुर,३ झापा,नेपाल,
हाल;बहराइन

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)