geet gajal

गजल

लोकतन्त्रले

दरबार काण्डको सत्यता ,खोलेन लोकतन्त्रले/
बास्तबिकता किन कुन्नी ,बोलेन लोकतन्त्रले/

यती बिशाल जन आन्दोलनको बलले पनी
सामन्ती बागडोर अझै ,बिथोलेन लोकतन्त्रले/

जनताको छातिमा छानी छानी गोली हान्नेलाई
जिउदै पोल्नु पर्ने तर , पोलेन लोकतन्त्रले /

धनी गरिब साना ठुला बिचका भिन्नतालाई
सामान्जस्य समान्तरमा ,घोलेन लोकतन्त्रले/

बिदेशि कै इसारामा उठ बस हुन्छ सधै तिम्रो
नया देश निर्माणको रफ्तार ,छिचोलेन लोकतन्त्रले//

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)