geet gajal

गजल


टोलाई टोलाई बसौ कति‏ .....


टोलाई टोलाई बसौ कति दोधारैमा परें ।
मनको बाँध फूटीगयो आँशु भेलमा तरें।

नत माया मार्नै सकें नत उ पाउँनै सकें,
खाली जीवन जीउछु भनि बाँचा मात्रै गरें । ।

खुशी चयन लुटी लग्यो दुख पर्‍यो भागमा,
झेल भयो जिन्दगीमा आफैदेखि आफै मरें । ।

मनभरिको पिडा ब्यथा तनभरि छ, घाऊ,
चर्किएर छाती दुख्दा अघि होईन पछि सरें। ।

गिता थापा (दोषी)
हाल-इजरायल
रचना-अप्रिल २७/२०१०/मङगलबार/

2 comments:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)