geet gajal

गजल

तिमी मौनतामै संसार‏.....



तिमी मौनतामै संसार सिच्ने मान्छे/
तिमी हाँसी हाँसी सगर मिच्ने मान्छे/

कुन माधुर्यतामा भरौं म तिमीलाई
तिमी ईशाराले नजिक खिच्ने मान्छे//

म अवसरको खोजिमा भौतारिन्छु
तिमी मौकालाई नि आफै किच्ने मान्छे//

म बाँचेर पनि मरें तुल्यनै भए
तिमी त पैंतालाले मृत्‍यु थिच्ने मान्छे//

गीता थापा (दोषी)
इजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)