हामी ठुलो भयौ ।।
हामीहरु बिदेशिलाई कनाएरै ठुलो भयौ
नेपाललाई युद्द भुमी बनाएरै ठुलो भयौ ।
असमानता हैन समानताको भाषण गर्दै
हामीहरुले हाम्रो जात जनाएरै ठुलो भयौ ।
नेपाल र नेपाली चाँही जता जान्छ्न जाउन
बिजया को उत्सब हरु मनायरै ठुलो भयौ ।
मिठो मिठो कुरा गरी भाईको नाता गास्नेलाई
हाम्रो देशको सिमारेखा तनाएरै ठुलो भयौ ।
चकेन्द्र "कैदी " राइ

No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)