geet gajal

गजल

के काम गर्नु जस छैन भने

के काम गर्नु जस छैन भने
नचुस्नु कोया रसछैन भने/

सानो नसम्झे बिजोर नौ लाई
ठुलै हुन्छ त्यो दश छैन भने/

उत्तरहरु छन् तर के प्रयोजन
तिम्रै मनमा खस्खस् छैन भने/

ड्राईभर मात्र भएर हुन्न क्यै
ब्ाटोघाटो र बस छैन भने/

पुग्ने कहिले संगै गन्तब्यमा
अझै तिम्रै टस्मस् छैन भने/

-आजाद अजनवी
-२०६६ चैत्र २२
ललितपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)