geet gajal

गजल

पिएर बाचे फेरी

दर्द आसु जहर ,पिएर बाचे फेरी/
घात प्रतिघातमा,जिएर बाचे फेरी/

बाच्नु नै हो नी आखिर जसरीनी मैले
मुटु नै पनी पैचो ,दिएर बाचे फेरी/

बिक्षित्त अनी टुक्र टुक्र भएको मन
अफ्सोज जसो तसो ,सिएर बाचे फेरी/

हरेक चोट ब्यथाको मुकाबिला गर्दै
साच्चै भित्र भित्रै म ,खिएर बाचे फेरी/

जे हुनु आफ्नै कर्म बिधाता खोटो रै छ
जिन्दगीको तितो स्बाद,लिएर बाचे फेरी/

खगेन्द्र "खिलाफी "
पाख्रिबास धनकुटा,
हाल दोहा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)