geet gajal

गजल

मुटुभरी निलडाम छ दुख्छ .....!

मुटुभरी निलडाम छ दुख्छ यहाँ मान्छे अचेल/
मलमपट्टी गर्छु भन्दै थुक्छ यहाँ मान्छे अचेल/

खस्न लागे भीरमा हुन्छ रमितेको ताँती ताँती
लुट्न खुसी भने टाढा पुग्छ यहाँ मान्छे अचेल/

सुन चाँदी पैसा जमिन थुपारेर पर्खाल लगाई
क्यै नहुने अर्को देखे भुक्छ यहाँ मान्छे अचेल/

टिलपिल टिलपिल सम्पत्तिमा रसाउन आउनेहरु
तिर्खाएको बेला भने सुक्छ यहाँ मान्छे अचेल/

विश्वास भित्र विष फल्छ मानवता कुहिइसक्यो
अर्कोलाई शंकटपर्दा लुक्छ यहाँ मान्छे अचेल/

-आजाद अजनवी

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)