geet gajal

गजल

मनकोसबै मात यादमा‏

मनकोसबै मात यादमा लगाइदिएँ मैले/
ढप्कियका परेली खोली बगाइदिएँ मैले/

बिछोडिएर तिमी गयौ सातसमुन्द्र पारी
आउछौकी भनि आशा जगाइदिएँ मैले/

सिरानिमा सताउँन आउँनेगर्थ्यो सम्झना
आँखा खोली सुन्यतामै भगाइदिएँ मैले /

समिपताको खोजिगर्दै चर्किन्थ्यो छात्ति
लज्जा कति न मानिनै मगाइदिएँ मैले /

पछ्यौरीको सिमाहटाइ मन्द त्यो मुस्कान
प्यासी सारा शरीरभरि सजाइदिएँ मैले //

गीता थापा "दोषी"
बेलबारी मोरङ
हाल इजरायल

2 comments:

  1. राम्रो छ गीता जी प्रगतिको को kamana la ! raju

    ReplyDelete
  2. Ramro gajal chhodnu bhaye6 khusi lagyo bhavan bageko chha gajal ma .. harek shavda bhav purna chan

    Manoj kafle

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)