geet gajal

गजल

दुखाएर मुटुलाई‏

सपनाको संसारमा आँधिवेरी चल्यो आज/
दुखाएर मुटुलाई हाँसी हाँसी छल्यो आज/

आफन्तनि टाढाभए कुदिनले छुँदा खेरि
छातीचिर्दै ब्यथाहरु आगोसरि बल्यो आज/

दुखमात साहारानै होला भनि ज्यानदेथेँ
पर्खाइमै दिनरात उमेरनै ढल्यो आज /

कतिपनि गुनछैन केलाएर बसौं भने
सुस्त सुस्त सासघटी शरीरनै गल्यो आज/

थोपा थोपा बटुलेर राखेकिथे सम्हालेर
तेतिदर्ह्यो पर्खाल पनि पलमै ढल्यो आज /

गीता थापा "दोषी"
बेलबारी मोरङ
हाल इजरायल

3 comments:

  1. dherai ramro gajalka lagi dherai dherai dhannyabad ra yastai mitha mitha gajlharu rachana gari rakhnuhos yahi kamana chha gita ji

    ReplyDelete
  2. अति राम्रो लाग्यो गीता आँउदा दिनहरुमा पनि यस्तै रचनाहरुको आशा राख्दछु !!!! राजु कुँवर साउदी

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)