geet gajal

गजल

पस्नै पर्‍यो ...!

पस्नै पर्‍यो मैले आज रक्सीको भट्टी भित्र,
चुर्लुम्म आँखा धसियो नशाको पट्टी भित्र।

हात गोडाले लत्ता छाड्यो पशु झैं ब्यहोरा,
लडेछु थाहै भएन मैयाको चट्टी भित्र।

मर्दा खेरी मात्रै अन्तिम् सम्झना दागबत्ती,
सञ्चित् छँदैछ अग्नी सलाईको बट्टी भित्र।

ब्यथा सहन नसकी पिएरै मरे भने,
जलाई दिनु है समसानको घट्टी भित्र।

पृथ्वी भरिमा चाहेर नि जिउँन सकिन,
बिलिन भएरै जान्छु म दुङ्मेन् मट्टी भित्र।

अर्जुन दुङ्मेन्

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)