चोट माथि चोट
देखाउछ्यौ प्रिय सधै खोट माथि खोट|
सहन्न म अरु तिम्रा चोट माथि चोट|
आशा थियो चाहनेछ्यौ प्रेम रुपी वर्षा
तर माग्छेउ किन सधै नोट माथि नोट|
चाह गरे सधै भरि गुलावको झैँ हासो
बादलु झैँ पोख्छेउ किन रोस माथि रोस|
भुट्या मकै यता छाडी नाठोलाई रोटी
अन्धो बैसले गुमायोकी होस् माथि होस्|
पहिले भन्थेउ संसारमै असल मेरो राजा
आज किन देखाउछ्यौ दोष माथि दोष |
विमल गौतम
साउदी अरेबिया
२६-२-२०१०

Subscribe to:
Post Comments (Atom)
hahahhahaha Bimal bro feri goal janubhayechha .
ReplyDelete