geet gajal

गजल

हजार थरी चोट.....!!!

हजार थरी चोट लुकाई हाँस्नु पर्ने जिन्दगीले
दु:खको फूल फुलाई माला गाँस्नु पर्ने जिन्दगीले।

भाग्य फाटेको निधारमा कयौं ठक्कर पाईएछ
खोट छोपी नयाँनयाँ आशा टाँस्नु पर्ने जिन्दगीले।

मनको बगैचामा रंङ्गीबिरंङ्गी फूल रोपीएछ
एउटा जोगाएर सब्लाई मास्नु पर्ने जिन्दगीले।

जीवनमा घेरा बनी ब्यथाको ऐझेरु झेलीएछ
बाचुञ्जेल आशुँको छुराले छास्नु पर्ने जिन्दगीले।

हजार थरी चोट लुकाई हाँस्नु पर्ने जिन्दगीले
दु:खको फूल फुलाई माला गाँस्नु पर्ने जिन्दगीले।

अर्जुन दुङ्मेन्,
बगदाद, इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)