geet gajal

गजल

"रात परे थियो...!"

दिन हो माघ दशको आमासँग बात गरे थियो,
चाडै आउँदैछु घर भन्दै ढाँटी घात गरे थियो।

मुग्लानको मेरो बसाई युद्धग्रस्त देश इराक,
मुटुनै थर्क्यो जव बम पड्कदाँ रात परे थियो।

बनावटी बार र पर्खाल डर लुकाउने ठाउँ,
बङ्करतिर मनको त्रासै-त्रासको खात सरे थियो।

आमा! के सुनाँऊ अब यहाँ कथाब्यथा तिमीलाई,
जिन्दगी नि ओईलिदैं मेरा सबै पात झरे थियो।

परदेश नजाउ बाबु बिहे दान गर भन्थियौ,
तर, मैले दुलही रोज्दापो अर्कै जात परे थियो।


अर्जुन दुङमेन्;
उदयपुर।
हाल: बगदाद, इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)