geet gajal

गजल

आँखालाई आँशुभित्र चोपिएको बेला
हाँस्ने धेरै हुन्छन् मुटु खोपिएको बेला

सकिन्छ कि लडाउन अझै भनि आँउछन्
बाटोभरी काँढै काँढा रोपिएको बेला ।

हल्लाउदैंन पुच्छर कुकुर केही नभा’कोलाई
एक्लै न हो सबैबाट हेपिएको बेला ।

पराई पनि आफ्नो हुन्छ सुखहरुमा त
को हुन्छ र पीडाहरु थपिएको बेला ।

र् याल काड्दै वरीपरी सबै आफ्नो हुन्छन्
सुनैसुनले जिन्दगानी छोपिएको बेला ।

-आजाद अजनवी-

ठेगाना-नाङ्लेभारे ५काठ्माण्डौं ।
फोन-९८४१६९३६८२

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)