geet gajal

गीत

हिमालको पहिलो लालीमा

हिमालको पहिलो लालीमा
तिमीलाई नै सधै देखुँ हजुर
शीतले भिजेको फुलमा पिन
तिमीलाई नै माया पोखुँ हजुर ।

हजार त्यि मिठा सम्झनाहरु दिलभित्रै लुकाएछु
भिज्ला भनि त्यो पाउ आँशु भित्रै सुकाएछु
साँझको जुनेली भरी-भरी
पर्खी बस्नेछु म बाटो हजुर
हिमालको पहिलो लालीमा
तिमीलाई नै सधै देखुँ हजुर

कति छन् कति छन् मनभरीका चाहना
सबै पुर् याउला नगरेर बाहाना
आउनु बर्षात भै छिटो-छिटो
मायाले बेस्सरी भिँजु हजुर
हिमालको पहिलो लालीमा
तिमीलाई नै सधै देखुँ हजुर

-आजाद अजनवी-

-२०६६ फल्गुन ३
काठमाण्डौं

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)