गजल
नयन राम्रो.....!
गाजलु उनका नयन राम्रो।
मुस्कराई गरेको बयन राम्रो।।
किन हो कुन्नी उनी बिना,
चाहात यो कतै गएन राम्रो।
यात्रा जीबनको संगै काट्न,
लाखौमा गरेँ चयन राम्रो।
हजार बर्ष संगै जिउने थियौं
छुट्ट्याउने दैब भएन राम्रो।
उनकै काखमा मर्नपाउँ बस,
बाँकी मलाई केहीछैन राम्रो।।
ईन्द्र पुन
रुकुम गर्खानी
नेपाल
हाल: परदेश बाट
Subscribe to:
Post Comments (Atom)
Indra bhai,, dherai ramro gajal, yasai gari lekhdai januholaa safaltaako sidhi chadi rahanu
ReplyDeleteBikash @ Nabin
UAE.
इन्द्र जी राम्रो गज़ल बधाई छ है !
ReplyDeleteDhannyabad bikash daju ra mina gee ma
ReplyDelete