geet gajal

गजल

तिम्रो याद माँझ्न.....!

तिम्रो याद माँझ्न खरानी भिजाँए
र पखाल्दै आँशुले सिरानी भिँजाए|

के गरीन र दुख्ख मैले तिम्रो लागि त
घाम तताएँ अनि पानी भिजाँए ।

ओईलाईरह्यो तिमीलाई ताजा दिनलाई
आसाका फुलहरु छानी छानी भिँजाए ।

माफ गर ल ओ पि्रय अब त
सायद बचनले नजानी भिँजाए।

तिमी त यहीं रहिछ्यौ डराएथें म त
यी हेर त आँखाकै नानी भिँजाए।

आजाद "अजनवी"
नाङ्लेभिर-५,
काठ्माण्डौं

1 comment:

  1. सुन्दर गजल! साह्रै मिठो लाग्यो।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)