geet gajal

गज़ल

वाह! क्या गज़बको कुरो

वाह ! क्या गज़बको कुरो गर्नु भो|
यसो बुझ्दा लाग्छ मलाई धर्नु भो|

चान चूने मायाँ हैनहै भन्दा भन्दै
सिलिबरे थाल पनि बुट्टा भर्नु भो|

हिजो टाढा हुने धनकुटे खिलाफी
आज त झन् पो नजिक सर्नु भो|

नाता केलाउँदा सासुकी छोरामोरों
यतासाइनो त सोल्टी पो पर्नु भो|

जिग्री गर्दा गर्दै ख्याल ख्यालैमा
थरि-थरि सपनाको बिऊ छर्नु भो|

जानू-जानू नेपालाँ कन्या खोज्नु
मेरो सपनामा उत्तरपानी तर्नु भो|

मिना बान्तवा "मृदु"
काठमाडौँ नेपाल
हाल इजरायल

2 comments:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)