geet gajal

गजल

मलाई अटाउ अब त

स्वार्थ लालसा दिमागबाटै ,हटाउ अब त |
अशिक्षा अभाब मोकमारी ,घटाऊ अब त |

देशको साँच्चै हरी बिजोक छ अहीले साथी
भ्रष्ट धुस खोरीलाई डाढा ,कटाउ अब त |

दिन दाहडै लुटिदैछ हाम्रो अस्तित्व देश
देशको रक्षार्थ नौजबान ,खटाउ अब त |

सत्ता कुर्सीमा नै लिप्त हुने हाम्रा नेतालाई
जनता जिउदै आर्य घाट ,पठाउ अब त |

देशको सक्दो सेवा गर्छु भो परदेश जान्न
तिम्रै छत्र छायामा मलाई, अटाउ अब त |

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)