geet gajal

गजल

भाग्य मेरो खोटो‏

भाग्य मेरो खोटो लेखी किन दैव पिडा दियौ|
यहाँ मलाई दुखै दु:ख तिमी दैव कहाँ थियौ|

खोजीहिंडे तिमीलाई मन्दिर र मस्जीत चाहर्दै
मछु तिरोलागी भनेनौ किन दैव मुख सियौ|

यति ठुलो संसारमा मलाई तिम्ले हेला गरी
बाँकी थोरै खुशी पनि किन दैव खोसी लियौ|

सुखीले चैं पूकारेमा घरघरमै आउँछौ तिमी
मत तिम्रो सामु आएँ किन दैव भागी गयौ |

सबै आँशु अंशलगाइ कर्महारा म एउटी लाई
छलगरि गरी किन दैव कालाकुट बीष पियौ|

गीता थपा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

2 comments:

  1. Gita G malai tapai ko Gajal manpareou Thanx lieknu bakoma

    ReplyDelete
  2. KAMAL RAI SEOUL KOREAJanuary 24, 2010 at 3:11 AM

    बबाल कबिता लेख्नु भएछ । जे होश हजुरले जहिले पनि भगवानलाई हेर्दा नकरत्मक हेर्नु हुन्न संसारको सृस्‍टिकर्ता । वहाँ १ मर्त्र सर्ब सक्तिमान हुनुहुन्छ ताकी हामीले आँखाले नदेखे पनि वहाँ एस संसारको हुनु हुन्६ प्राथना गर्नुहोश हजुरको जीवन म अवश्स्य पनि उज्यालो ज्योति दिनु हुने छ ।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)