आँखालाई आँशुभित्र चोपिएको बेला
हाँस्ने धेरै हुन्छन् मुटु खोपिएको बेला
सकिन्छ कि लडाउन अझै भनि आँउछन्
बाटोभरि काँढै काँढा रोपिएको बेला ।
हल्लाउदैंन पुच्छर कुकुर केही नभा’कोलाई
एक्लै न हो सबैबाट हेपिएको बेला ।
पराई पनि आफ्नो हुन्छ सुखहरुमा त
को हुन्छ र पीडाहरु थपिएको बेला ।
र् याल काड्दै वरीपरी सबै आफ्नो हुन्छन्
सुनैसुनले जिन्दगानी छोपिएको बेला ।
आजाद अजनवी
नाङ्लेभारे-५ काठ्माण्डौं ।
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)