geet gajal

गजल


हावा चल्या थियो..!

अरुण नदी वारी उकालींदा, हावा चल्या थियो,
निर्मोहीलाई भेटी फर्कदामा खुट्टा गल्या थियो।

उनी रहिन् पारी भोजपुर, क्षितिज भन्दा परै,
धनकुटैबाट हेर्दा त्यै कुहिरोले छ्ल्या थियो।

पछ्याई रहें अज्ञात् बाटोहरु, बास लिन पुग्न,
छट्पटीएर बिपतीमा कतै मुटु हल्या थियो।

साँझपख पुगें म, त्यहीं रमाईलो पाख्रिबास,
जुनेलीले छाउँदै राती सूर्यदेब ढल्या थियो।

अरुण नदी वारी उकालींदा, हावा चल्या थियो,
निर्मोहीलाई भेटी फर्कदामा खुट्टा गल्या थियो।


अर्जुन दुङमेन्,
बेल्टार-२, उदयपुर।
हाल: बगदाद, इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)