geet gajal

गजल


किन रुनु साथी

झरेको आँशु पुछेर मनमा केही त गुनुँ साथी।
निष्ठुरीको यादमा कल्पी संधै किन रुनु साथी।।

आफ्नाको घातमा आफै मर्न चाहाने हरु बुझौ,
अमुल्य मानब जिबन जानेर किन कुनु साथी।

बिलाप गरेर हुन्न नित भोलीको दिन सुन्दर,
आउला कोही खुसी लिई के निरास हुनु साथी।

बिस्तारै बेला घर्किदै जान्छ फेरी नफर्कने गरी,
समय हुदै बसन्तको अर्कै खुसी लौ चुनु साथी।

कहिले घाम कहिले छाँया यस्तै हो जीबन पनि,
नटेरे सोध हुन्न संधै पुर्णिमा त्यो जुनु साथी।।

इन्द्र पुन
कोल, गर्खानी
रुकुम, नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)