geet gajal

गजल


कति जाती भयो

साँझमै जून रोयो आहा कति जाती भयो|
त्यै यादलेनै मुटु छोयो आहा कति जाती भयो|

दुईटा घाम भयो मन भत्भत् पोल्यो छातीभित्र
र माया नै ओईहाल्यो आहा कति जाती भयो|

मैलिएछन् क्यारे अहो १दुईजोर उदास आँखाहरु
छिट्टै आँशु आई धोयो आहा कति जाती भयो|

कत्ति छिट्टै पुगिहाल्यौँ अलच्छिनको दोबाटो त
आँशु हाँसो संगै आयो आहा कति जाती भयो|

हावा जस्तै "आजाद" जिबन जहाँ-जहाँ पुगे भयो|
बन्धन हाम्रो कसले फोयो आहा कति जाती भयो|

आजाद अजनबी
नाङ्लेभिर -५,
काठमाडौ

1 comment:

  1. Ajad G, dherai ramro ajhai pani koshis garnush, tapaiko pahilo choti yo blog maa herdaichhu, yadi birabtarta dinu bhayo bhane abasya tyaha ramro pristha bhumi dekhe...

    Saru 'srijan'
    India

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)