geet gajal

गजल


मन मन्दिर धाको छैन

चोखो माया प्रेम कसै सग ला को छैन|
अझै मलाई प्रेम प्रस्ताब आ को छैन|

तिमीलाई मैले जीवनको साथी रोजे
तिमि बाट अन्त मन मेरो गा को छैन |

तिमी नै हौ मिना जी बाच्ने आधार मेरो
अरु सग नी बाचा कसम खा को छैन |

भखर जवानी आउदैछ म मा हेर
धरोधर्म अझै मेरो बिहे भा को छैन |

मेटु भन्छु मायाको असिम प्यास सधैं
तर मैले चोखो मन मुटु पा को छैन |

तिमीलाई छाडी यो खिलाफी लुकी लुकी
एक्लै आखिर मन मन्दिर धा को छैन |

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा
दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)