geet gajal

गजल

हिजै मात्रै जस्तो लाग्छ तर जुगौ काटिएछ
नयाँ मुना पलाएर पुरानो पात छाटिएछ ।

आजभोली गन्दा-गन्दै जन्मेका ती दिनहरु
वालापन र जवानिलाई पौढ सँग साटिएछ ।

अझै के नै वित्या छ र के पो भाँछु र लाग्थ्यो
ऐना हेर्दा आज आफु आफै सँग ढाटिएछ।

जे जस्तै भएनी बाँच्नै पर्ने यो जीन्दगीमा
वालापनका रहरहरु आज वाध्यतामा साटिएछ ।

गगन चुम्बि सपनाहरु पाल्दा-पाल्दै जीन्दगीमा
हिजोका ती कालो कपाल आज सेतै बाटिएछ ।

कोक्रोमा झुल्दा-झुल्दै सपनाहरु बुन्दा-बुन्दै
निन्द्रैमा पो आधा जीवन, आज डुब्नै आटिएछ ।

हिजै मात्रै जस्तो लाग्छ तर जुगौ काटिएछ ।
नयाँ मुना पलाएर पुरानो पात छाटिएछ ।

रजनी राई "राजु"
गोगने-९ भोजपुर
हालः वि.एड.तेस्रो वर्ष सुकुना क्याम्पस, मोरङ

3 comments:

  1. Gahjal ekdam first claass ho bahini tara 'SATIECHHA' kaafiyaa dohoriechha, yaslaai nadohoraae dherai nai tapaiko gajal sthaan linthyo ra pani dherai nai prabhawakari chha,
    keep it up.

    Rajan

    ReplyDelete
  2. la rajani baini aaj dherai dinma hajurko rchaana hern paiyo khusi lagyo gazal paskinu bhakoma pani pragatiko kamna yahalaii"mridu"

    ReplyDelete
  3. kaha hola sangam kunni dui kholaako
    maile kalaha gardai timlaai bolaako
    khai kata haraayau hau simma 'raaju'
    ma ta timrai tasbir herdai po tolako,
    kaha hun6 ra bharosa dui dine yo cholako,
    lai deu maya jawani mai chute pachi milna hunna
    dui kholako.....

    Shubha chintak

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)