geet gajal

गजल


प्रकृतिमा सौन्दर्य थप्ने धर्तीको गहना हो नारी
सुन्दर संसारको परिकल्पना गर्ने लहना हो नारी

हराभरा भै फाँटफाँट र गरागरामा फूल्ने मधुमास
बनी मुर्झाएको फूलमा बसन्त भर्ने चाहाना हो नारी

धर्ती भएर सब सहन्छे नारी कोखमा ममता उम्रार्दै
उजाडिएको बस्तिमा खुशियाली भर्ने बाहाना हो नारी

थाँकेको बटुवालाई चौंतारी भएर छहारी दिने उ
आँफू मझ्धारमै डुबेपनी अरुको सपना हो नारी

बन्द सोकेसभित्र चुपचाप मृत्‍यु कुरेका ति पल
देखौटी मुस्कान र अन्नत मनको बिपना हो नारी

गीता थापा (दोषी)

बेलबारी मोरङ
हाल-ईजरायल

2 comments:

  1. नथाकुन तपाईको आत्माहरु
    नगलुन तपाईको कलमहरु
    निरन्तर निरन्त लेखिरहनु होला
    लेख्ने पानाहरु नै सकिउन बरु ।।


    चकेन्द्र राइ कैदि

    ReplyDelete
  2. Gita Didi

    dherai ramro gajal lekhnu bhayo, malai dherai khusi lago, tapaiko gajal padhera yasari pragati pathma lamkinu hola

    Uhi fuchche bhai
    Raju Lamsal

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)