geet gajal

गजल

"फूल थियो होला...!"

माया गर्नु खै किन-किन तिम्रो भूल थियो होला,
ओइली झर्यो भने ऐले, यौटा फूल थियो होला।

खडेरीमा सुकेको खोल्सा झै तिम्रो दिलको लागि,
मेरो माया प्यास मेट्ने,झर्नाको मूल थियो होला।

अञ्जानमै पर्‍यौ होला तिमी नि जवानीको बेला,
अनी भन्छौ माया गर्नेहरुको, हुल थियो होला।

दौडी रह्यो जीवन पनि गति लिएन कहिल्यै,
प्रेम गर्नुको अर्थ पारी तर्ने, पुल थियो होला।

माया गर्नु खै किन-किन तिम्रो भूल थियो होला,
ओइली झर्यो भने ऐले, यौटा फूल थियो होला।

अर्जुन दुङमेन्
उदयपुर नेपाल
हाल: बगदाद ईराक

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)