geet gajal

गजल


नजिकै छु भन्दा भन्दै

नजिकै छु भन्दा भन्दै पर सर्दै छौ कि
सम्बन्धको खोला काटी सागर तर्दै छौ कि ?

प्रेमको त्यो सगरमाथा चढेको छु भन्दै
थाहै नपाइ बेस क्याम भन्दा तल झर्दै छौ कि ?

तिमीलाई नरित्तिने माया दिन्छु भन्दै
किस्ताबन्दी प्रेमको पो हिसाब गर्दै छौ कि ?

जिन्दगीमा तिमीलाई शितल दिन्छु भन्दै
यो मुटुलाई कठंग्रिने शीत छर्दै छौ कि ?

नजिकै छु भन्दा भन्दै पर सर्दै छौ कि
सम्बन्धको खोला काटी सागर तर्दै छौ कि ?

मनु लोहरुङ राई
संखुवासभा नेपाल
हाल: इजरायल

2 comments:

  1. Manu jee tapaiko gajal dherai ramro chha.
    very nice gajal keep it up.

    Yogendra
    dhupoo-1 lebrang
    sankhuwasabha
    yogendra.yogen@yahoo.com
    www.yogendragiri.blogspot.com

    ReplyDelete
  2. hello Nana dherai ramro hai, bhawanaako bikas hos gajalaharu sriunn yahi kamana hai ta,

    Bipin

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)