geet gajal

गजल

गोरी भन्थ्यो सबले काली परिएछ
बे सिजन र बेमौसमको बाली परिएछ ।

सप्तरङ्गि फुल तिमी सदावहार हौ भन्थ्यो
तर आज रित्तिएको डाली परिएछ ।

मेरी रानीमेरीजीवन भन्थ्यो भरै के को हुनु
साइनो केलाई टुङगो लाग्दा साली परिएछ ।

दिदी चाहि यो सोझी रे रुपगुण शिलवती
एउटै बाउकी छोरी आफु झयाली परिएछ ।

भरे त दिदीले था पायो की क्याहो कुन्नी
भेना विरुद्ध विपक्षको र्‍याली परिएछ ।

रोजेको दौतरी चै भेना परेपछि हजुर
कस्तो खप्पर…॥ हजुरबुबाको पालि परिएछ ।

गोरी भन्थ्यो सबले काली परिएछ
बेसिजन र बेमौसमको बाली परिएछ ।

रजनी राई "राजु"
गोगने-९ भोजपुर
हालः वि।एड। तेस्रो वर्ष सुकुना क्याम्पस मोरङ

2 comments:

  1. इन्द्र पुनDecember 19, 2009 at 1:11 PM

    लौ त बर्बादै भयो नित रजनी जी
    दिदी माथी त्यस्तो गर्नु भएन नीत...
    जो होस प्रस्तुती चाही राम्रो छ है

    ReplyDelete
  2. really i liked this poem

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)