geet gajal

गज़ल


 "संकै लाग्छ वाss"

संकै लाग्छ वाssरजनिंशको चेला होकी त?
सानै छौ खिलाफी जिस्किने बेला होकि त?

मन्दिर धाउनु राम्रो हो असिम प्यास बोकी
आखिरमा साथ तिल खानेकै फेला होकी त?

उमेर हुँदामा दोहोरि खेल्दै हिड्नु मृदु संग
बुढ़ेश्कालाँ कुदाउने गाडामा ठेला होकि त?

खगेन्द्रजी मनले सोच्नु सजिलो छ अरेनि!
जीवन होइन खेल, बाक्चल छेला होकि त?

भन्छन सात ओटिको पोई कुना बसी रोई
खिलाफीले कुन दासले पर्ने नेला होकी त?

अन्तिममा त आहा! रमाइलो पेटी गल्लीमा
कुखुराको खुट्टा हातमा दारु पेला होकि त?

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

1 comment:

  1. नयाँ बर्ष २०१० सालको सुभकामना bhojpures.blogspot (bantawa bandhu)डट कमलाई साथै मेरा रचनालाई मन पराई दिने सबै मित्र बिदेशमा या त स्वदेशमा रहनु भएका दाजु भाई दिदी बहिनी तथा मित्रहरुमा यो मिना बान्तवाको तर्फ बाट हार्दिक शुभकामना टक्राउनु चहान्छु!" अनि नयाँ सालले हामी सबैको इच्छाहरु पूर्ण गराई नेपालमा राम्रो शान्ति ब्यबस्थापन होस भन्ने पशुपतिनाथ संग प्रथाना छ! "मृदु"

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)