geet gajal

गजल

तिमी हतार गर्छौ‏,,,,,!

तिमी जानँ हतार गर्छौ थोरै बाँकी रात थियो
माया भरि सुम्सुमाउँने अझैँ बाँकी हात थियो|

चिसाचिसा नयँन छँदै अँधरमा च्याँपी मुस्कान
अन्तिम चोटि सहँनैपर्ने एउटा बाँकी घात थियो|

ओठटोकी लजाउँने पुर्णिमाको जून हेर्न सधैं सधैं
जूनकिरीको मधुरतामा रहरको बाँकी खात थियो|

दुखेर बयँलिएको मुटुमा सबै चिजले चहँर्‍याउँदा
मलम बनाइँ लगाउँन फूलबिनाको बाँकी पात थियो|

धेरै अघिदेखी तिमीलाई भन्छु भनि भन्नै नसकेको
मनमा लुकाँएको सुन्नै पर्ने एउटा बाँकी बात थियो |

गीता थापा (दोषी)
हाल- ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)